Ad Image

परराष्ट्रमन्त्री राणा हेग प्रस्थान

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733566893.jpg

काठमाण्डाै । परराष्ट्रमन्त्री आरजु राणा देउवा नेदरल्याण्ड्स प्रस्थान गरेकी छन्।

शनिबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट परराष्ट्रमन्त्री राणा नेदरल्याण्ड्सको हेग प्रस्थान गरेकी हुन्।

उनले इन्टरनेशनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालको तर्फबाट सहभागिता जनाउने छिन्।

नेदरल्याण्ड्सको हेगमा रहेको उक्त अन्तर्राष्ट्रिय न्यायलयमा गत सोमबार (डिसेम्बर २) देखि सुनुवाइ जारी छ।

जलवायु परिवर्तनमा राज्यको भूमिका के हुने भन्ने विषयमा विश्वका सय देश र १२ विभिन्न अन्तर्राष्ट्रिय निकायले सुनुवाइमा भाग लिँदैछन्।

परराष्ट्रमन्त्री देउवाले डिसेम्बर ९ अर्थात सोमबार दिनको साढे ३ देखि ४ बजे (हेगको समय) सम्म अदालतसमक्ष नेपालको मौखिक धारणा राख्नेछिन्।

हेग प्रस्थान गर्नुपूर्व  उनले जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशहरुले भोगिरहेको समस्याका बारेमा आवाज उठाउने बताइन् ।

‘विश्वको इतिहासमै सबैभन्दा धेरै जनाले विटनेस दिने, आफ्नो मुद्दा राख्ने, यो एउटा परिस्थिति निर्माण भएको छ । सय देशले आफ्नो विषय प्रस्तुत गर्दैछन्। हामीले पनि खास गर्छौं ,' उनले भनिन्।

उनले जलवायु परिवर्तनका कारण नेपाल लगायतका देशलाई परेको समस्याहरुमा पीडित देशहरुले हालेको मुद्दामा सुनुवाई  र  नेपालको हिमाल पग्लिरहेको विषय विशेष रुपमा उठाउने बताइन् ।