मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

बागलुङ नगरपालिका

जनकपुरधाम उपमहानगरपालिका

मनरासिसवा नगरपालिका

धनगढीमाई नगरपालिका

उपनिर्वाचन

त्रिवेणी गाउँपालिका

वृक्षरोपण

विदेश जाने मोह त्यागेर खेमराजले अमरगढीमा थाले च्याउ खेती, अहिले कमाउँछन् वार्षिक पच्चीस लाख

Mayorsap

शनि, मंसिर २२, २०८१ | १५:५९ बजे

डडेल्धुरा । अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले छ वर्षअघि रु दुई लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउखेती सुरु गरे । उनले वार्षिक च्याउ बिक्री गरेर वार्षिक रु २० देखि रु २५ लाखसम्म आम्दानी गर्दै आएका छन् ।     
     
 देशमा रोजगारी नभएको भन्दै कतिपय युवा रोजगारीको खोजीमा विदेशिएका बेला जोशीले वैदेशिक रोजगारी छाडेर कृषि पेसामा भविष्य खेजिरहेका छन् । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्र हुने भन्दै स्वदेशमा स्वरोजगार बन्न कृषि पेसातर्फ आकर्षित भएको उनले बताए ।     
     
 जोशी अहिले ३३ वर्षका भए । कक्षा १२ सम्म अध्ययन गरेपछि विदेश जाने योजनासहित काठमाडौँ गएका जोशीले काठमाडौँ रहँदा विभिन्न किसिममा कृषि फार्महरूको अवलोकन गरेपछि च्याउखेती गर्ने योजना बनाएर गाउँ फर्किएका थिए । गाउँमा च्याउ खेती सुरू गरेका उनले अहिले परिवारको सबै खर्च कटाएर वार्षिक रु आठ लाखसम्म बचत गरेका छन्।     
     
जेशी  दुई रोपनी जग्गा भाडामा लिएर च्याउको बीउ उत्पादनका साथै खेतीसमेत गरिरहेका छन् । छ वर्षअघि सुरु भएको च्याउखेतीबाट उनीअहिले जिल्लाको नमूना कृषकका रूपमा स्थापित भएका छन् ।     
     
 च्याउखेतीमा भविष्य राम्रो देखेर आफू लागेको जोशीले बताए। “पहिले च्याउको बीउ लिन काठमाण्डौँ जानुपर्ने बाध्यता थियो । अहिले आफैँले फार्ममा उत्पादन गरिरहेको छु”, उनले भने, “अधिकांश साथीहरू रोजगारीका लागि भारतलगायत तेस्रो मुलुक पलायन भएका छन् । आफू कृषि पेसामा रमाइरहेको छु ।”     
     
 उत्पादित च्याउ स्थानीय बजारमा खपत हुने जनाउँदै जोशीले बजारीकरणको समस्या नरहेको बताए । एकपटकमा तीन सय किलोसम्म च्याउ बिक्री हुने उनले जानकारी दिए । कम लगानीमा मनग्य आम्दानी लिन सकिने बताउँदै उनले जीविकोपार्जनका लागि युवा विदेश जानुभन्दा स्वदेशमा नै स्वरोजगार बन्न सकिने उल्लेख गरे।     
     
 “डडेल्धुराको च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासहित तराई पनि पठाउने गरेको छु”, जोशीले भने, “वर्षमा तीन पटक च्याउ उत्पादन गर्न सकिने भएकाले यसबाट प्रशस्त लाभ लिन सकिन्छ ।”  उनले केहीलाई रेजगारी पनि दिइरहेका छन् । “विदेशमा लगानी गर्ने श्रमले स्वदेशमा दोब्बर आम्दानी हुने रहेछ । अहिले प्रतिकिलो रु दुई सयका दरले च्याउ बिक्री गरिरहेको छु”, जोशीले भने । फार्ममा अहिले सात जनालाई रोजगारी दिएको भन्दै उनले आगामी दिनमा च्याउखेती विस्तार गर्दै लैजाने योजना रहेको पनि बताए ।     
     
 स्थानीय सरकार तथा सरोकार भएका निकायले युवालाई स्वरोजगारका अवसर सृजना गर्न, सीप विकास गर्न तालिमसहित आर्थिक, प्राविधिक सहयोग गर्नुपर्नेमा जोशीले जोड दिए । स्थानीयस्तरमा आम्दानीका स्रोत बनाउनसके युवाको विदेश पलायनदरमा कमी आउने उनके बुझाई छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology