मेयरसाप

दुल्लु नगरपालिका

चुमनुब्री गाउँपालिका

चन्द्रकोट गाउँपालिका

विराटनगर महानगरपालिका

कृषि अनुदान

मह बेचेर एक याममा दिपक मगरले कमाए १२ लाख

Mayorsap

आइत, मंसिर २३, २०८१ | १०:३८ बजे

दाङ । घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा मौरीपालन गरेका छन्। उनले मौरी पालेर जीविका चलाउन थालेको पनि २४ वर्ष भइसक्यो । एक याममा रु १२ लाखको मह बेच्ने उनको दैनिकी मौरीको हेरचाहमा नै बित्ने गरेको छ ।     
     
उद्यमी मगरको मौरी फार्ममा दुई सय घार क्षमताको भए पनि हाल भने ८६ मौरीसहितका घार छन् । उनले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताए । “परिवारको सहयोग छ, आफैँले सुरुमा रोल्पा हुँदा मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह केही बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ, धेरैजसोले घरमा नै आएर लैजान्छन्”, किसान मगरले भने, “मौरीपालनमा चोखो आम्दानी छ, त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएको छु ।” उनको फार्ममा युरोपिय, इटालियन, मेरीफेरा, सेरेना जातका मौरीका घार छन् ।     
     
मौरीपालनबाट उनी वार्षिक रु १२ लाख आम्दानी गर्न सफल भएका छन् । दुई–तीन वर्ष वैदेशिक रोजगारीमा रहँदा उनले त्यहाँ मौरीपालन गरेको देखेर स्वदेश फर्केर त्यही व्यावसाय थालेको बताए । उनले २०५७ सालमा मौरीपालन थाल्दा जिल्लामा १७ जना व्यावसायिक रुपमा मौरी पाल्ने किसान थिए । व्यावसायिक रूपमा मौरीपालन थालेदेखि हालसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको अनुभव छ ।     
     
उनी मौरीपालनका निम्ति आवश्यक पर्ने घार लगायत सामग्री पनि बनाउँछन् । ती सामान रोल्पा, सल्ल्यान, प्यूठानलगायत जिल्लाका मौरीपालक किसानले खरिद गर्ने गरेका छन् ।     
     
नेपाल मौरीपालक महासङ्घ दाङ शाखाले यस वर्षको महको मूल्य निर्धारण गरेको छ । तोरी स्रोतको रु पाँच सय र जङ्गली स्रोतको रु छ सयमा नघट्नेगरी मूल्य तोकिएको उक्त शाखाले जनाएको छ ।     

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology