मेयरसाप

स्थानीय तह

बजेट

नरहरिनाथ गाउँपालिका

वीरेन्द्रनगर नगरपालिका

पर्यटन

रामगोपाल नगरपालिका

धनगढी उपमहानगरपालिका

काठमाडौं महानगरको अध्ययनले भन्यो– काठमाडौंका अधिकांश मःम पसल फोहोर

भान्सा र व्यक्तिगत सरसफाईमा भेटियो लापरबाही

Mayorsap

आइत, मंसिर २३, २०८१ | १४:५१ बजे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका मःम पसलहरुमा महानगरपालिकाले अनुगमन गरेको छ । अनुगममनको क्रममा पसलहरुको कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भेटिएको छ ।

 

गएको कार्तिक २९ गतेदेखि महानगरपालिकाका फुड टेक्नोलोजिष्ट, माइक्रोवायोलोजिष्टसहितको टोलीले अहिलेसम्म अनगुमन गरेका ८५ वटा मःम बनाउने होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा (८८.२४%) मा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’ मा उल्लेख छ । यससँगै ६६ वटा (७७.६५%) प्रतिशतमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी भेटिएको छ । १८ वटा (२१.१८%) व्यवसाय दर्ता नै भएका छैनन् । 


मुख्यतः काठमाडौँको सुन्धारा, न्युरोड,मखन, त्यौड, कलमपोखरी, एरियाका पसलहरुको अनुगमन गरिएकोमा उनीहरुले दैनिक रुपमा प्रयोग गर्ने एप्रोनसमेत फोहर भेटिएको छ । भान्छामा लगाउने वा होटलमा लगाउने एप्रोन बाहिर पनि लगाउने गरेका छन् । मसला राख्ने भाँडा फोहर छ । भान्छाको भुइँमा पानी जमेर फोहर छ ।डस्टविनको उचित प्रयोग भएको छैन । पकाएका खानेकुरा खुला राख्ने गरिएको छ । मांसाहारी र शाकाहारीका भोजन सँगसँगै भण्डारण गर्ने गरिएको छ । पकाएको र नपकाएका खानेकुरा पनि सँगसँगै राखिएको छ । किराको समस्या समाधान गर्न आफैँ रसायनको प्रयोग गर्ने गरिएको पाइएको छ । 


फ्रिज सफाइ गरिएको छैन । फ्रिजमा अटुञ्जेल सामान कोचेर राखिएको छ । त्यहाँ राखिएको अचार र मसलामा लेवल राखिएको छैन । मसला राख्ने भाँडा, मः म बनाउने टेवल र मेसिन फोहर छ । भाँडा माझ्ने ठाउँ झन् फोहर छ । व्यक्तिगत सामान भान्छामा राखिएका छन् । मूल्य सूची छैन । यी र यस्ता कमजोरी अधिकांश मःम पसलमा पाइन्छ । 


यी समस्या समाधानका लागि अनुगमन टोलीले स्थलगत रुपमै निर्देशन र सुझाव दिने गरेको छ । यसरी दिइएको सुझावका आधारमा ८ वटा होटल, रेष्टुरेन्टले सुधार गरेको भिडियो र फोटोसहितको प्रमाण लिएर विभागमा उपस्थित भएका छन् । सरसफाइ र स्वच्छतामा कमजोरी देखिएका पसलहरुलाई सुधारका लागि निर्देशन दिइएको छ । यस्तै दर्ता नभएका व्यवसायलाई दर्ताका लागि समय दिइएको छ ।  
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology