Ad Image

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733739531.jpg

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

पटक पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको आरोपमा अख्तियार दुरुपोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

अख्तियारले उनी विरुद्ध राहदानीमा केरमेट र जालझेल गरेको आरोप पनि लगाएको  छ । जसअनुसार ०८० साउन १५ गतेदेखि हाल सम्म उनले लिएको लाभ सुविधा रकम छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रूपैयाँ सोह्र पैसा जफत र असुल उपर हुनुपर्ने आरोप/पत्रमा माग दाबी गरिएको छ ।

 

२०८० साल साउन १४ गते अनिवार्य अवकाशमा जानुपर्ने उनी अब विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि  स्वतः निलम्बनमा परेका छन् ।