मेयरसाप

सम्पादकीय

कर्मचारी

महाशिवरात्री

सुत्केरी महिला

बारेकोट गाउँपालिका

ललितपुर महानगरपालिका

जानकी गाउँपालिका

गोपाल हमाल

जबरजस्ती करणीका आरोपी बिर्तामोडका पूर्वमेयरलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

हिरासत अवधिमा प्रहरीले प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्ने

Mayorsap

मंगल, मंसिर २५, २०८१ | १७:१९ बजे

झापा । घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

 

जिल्ला अदालत झापाले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्ण चन्दले बताए । यो अवधिमा प्रहरीले प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्नेछ । त्यसपछि अनुसन्धानका लागि थप समय हिरासतमा राख्नलाई फेरि समय माग्नेछ ।


अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘यो गम्भीर विषय भएकाले ४ दिनमा अनुसन्धान सकिने विषय नै होइन, त्यसैले फेरि म्याद माग्छौं ।’ इलाका प्रहरी कार्यालय, अनारमनीले शिवाकोटीलाई सोमबार अपराह्न पक्राउ गरेको थियो ।


प्रहरीका अनुसार पीडित बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई घरेलु कामदार राखेका थिए ।

 

तर, त्यसको बहानामा उनले जबरजस्ती करणी गरेको आरोप छ । बालिकाले सुरुमा इलाका प्रहरी कार्यालय, काँकरभिट्टास्थित महिला सेलका अधिकारीहरुलाई घटनाबारे सुनाएका थिए । भारत जान लागेका बेला उद्दार गरिएकी उनले जबरजस्ती करणीबारे बताएपछि काँकरभिट्टा प्रहरीले इलाका प्रहरी कार्यालय, अनारमनीमा पठाइदिएको थियो ।


अनारमनीमा पनि उनले त्यही अनुसारको बयान दिएपछि उनलाई पक्राउ गरिएको थियो । शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।


२०७९ सालको निर्वाचनमा पनि शिवाकोटी टिकटका प्रबल दाबेदार थिए । यद्यपि, पछि एमालेले तत्कालीन उपमेयर पवित्रा महतरा प्रसाईंलाई अघि सारेको थियो । हाल बिर्तामोडमा प्रसाईं मेयर छिन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology