मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

जनकपुरधाम उपमहानगरपालिका

बागलुङ नगरपालिका

पर्यटन

लुम्बिनी विकास कोष

स्तनपान कक्ष

बौद्धीमाई नगरपालिका

मेयरसाप

बेनी नगरपालिकाले सामुदायिक बस सञ्चालन गर्ने

सामुदायिक बस सञ्चालनका लागि अर्थ मन्त्रालयसँग आवश्यक परामर्श गर्ने

Mayorsap

बुध, मंसिर २६, २०८१ | १२:३४ बजे

म्याग्दी । बेनी नगरपालिकाले सामुदायिक बस सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर बस सञ्चालन गर्ने तयारी गरेको मेयर सुरत केसीले जानकारी दिए ।

 

सामुदायिक विद्यालयमा घट्न लागेका विद्यार्थीको संख्या बढाउन र कमजोर आर्थिक अवस्थाका विद्यार्थीको हितलाई ध्यानमा राखेर सामुदायिक बससेवा सञ्चालन गर्न लागेको मेयर केसीले बताए ।

 

७६औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नगरभित्र सडक सञ्जाल पुगेका क्षेत्रसम्म सामुदायिक बस सञ्चालन गर्ने बताए ।

 

सामुदायिक विद्यालयका विद्यार्थी लक्षित बस सञ्चालन गरिने भए पनि उक्त बसमा जुनसुकै विद्यालयका विद्यार्थीले सेवा लिन सक्ने उनको भनाइ छ । मेयर केसीले सामुदायिक बस सञ्चालनका लागि अर्थ मन्त्रालयसँग आवश्यक परामर्श गर्ने बताए । 
 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology