एनपीएल : पहिले ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
गुर्खाजले ३ मध्येको १ खेलमा मात्र विजय हात पारेको छ ।
Mayorsap
बुध, मंसिर २६, २०८१ | १३:१० बजे

काठमान्डौँ । काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबारका खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । गुर्खाजका कप्तान करण केसीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङ रोजेका हुन् ।
गुर्खाजका टोलीमा दुई परिवर्तन गरिएको छ । शंकर रानाको स्थानमा दिपेश कँडेल र नथान साउटरको स्थानमा ड्यान डवाथेवेट खेलिरहेका छन् । लुम्बिनीले दुर्गेश गुप्ताको स्थानमा सूर्य तामाङलाई खेलाएको छ । लुम्बिनी मंगलबार चितवन राइनोजलाई ३३ रनले पराजित गर्दा तीव्र बलर दुर्गेश फिल्डिङका क्रममा घाइते भएका थिए ।
गुर्खाजले ३ मध्येको १ खेलमा मात्र विजय हात पारेको छ । प्लेअफमा पुग्न गुर्खाजलाई यो खेल जित्नै पर्ने आवश्यक्ता छ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले ५ खेलमा १ मा मात्र जित निकालेको छ र टोली प्लेअफ दौडबाट लगभग बाहिरिसकेको छ ।