Ad Image

आज सुनचाँदीको मूल्य स्थिर

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733983436.png

काठमाडौँ । नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार तोलामा १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

बुधबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।