मेयरसाप

सम्पादकीय

बडिमालिका नगरपालिका

भोजपुर नगरपालिका

साँगुरीगढी गाउँपालिका

त्रिशूली

तुर्माखाँद गाउँपालिका

अनुसन्धानका लागि रवि लामिछानेलाई अझै म्याद थप्ने प्रहरीकाे तयारी, कहिले हुन्छ मुद्दा दर्ता ?

Mayorsap

बिही, मंसिर २७, २०८१ | १२:०५ बजे

काठमाडौँ । सहकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एंव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।

कास्की प्रहरीको न्यायिक हिरासतमा रहेका उनलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो । पछिल्लोपटक थपिएको चार दिनको म्याद सकिएसँगै पुनः म्याद थपका लागि अदालत लगिएको हो ।

विभिन्न सहकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धान गर्नेक्रममा पक्राउ परेका रविसहित पूर्वडीआइजी छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाइलाई पनि अदालत लगिएको छ ।

उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाएर मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । पक्राउ गरेको ९० दिनभित्र अभियोजन दर्ताका लागि अदालतमा कानुनी प्रक्रियामा गइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । यसर्थ, छविलाल जोशी गत असोज ६ गते पक्राउ परेका हुन् । 

६ असोजबाट गणना गर्दा बिहीबार ८३ दिन पुगेको छ । अबको एक साताभित्र रविसहित पक्राउ परेका सबैविरुद्ध अभियोजन दर्ताका लागि अदालतमा जानुपर्नेछ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology