मेयरसाप

सम्पादकीय

कानेपोखरी गाउँपालिका

टुकुचा खोला

प्रविधि

राजस्व

श्रम बैंक

सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

लिग चरणबाट बाहिरिने संघारमा विराटनगर

Mayorsap

बिही, मंसिर २७, २०८१ | १३:४२ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

 

एनपीएलकै पहिलो सुपर ओभरमा पुगेको खेलम पोखरा पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो ।

 

१९ रनको लक्ष्य लिएर बएको विराटनगरले १ विकेट गुमाएर ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो ।

 

पोखराको जितमा रेमोन रेइफर नायक बने । रेइफरले निर्धारित खेलको अन्तितम बलमा छक्का हान्दै खेल बराबरी गराएका थिए । त्यसपछि सुपर ओभरमा उनैले ब्याटिङ गर्दै २ छक्का र १ चौका हान्दा पोखराले १८ रन बनाएको थियो । सुपर ओभरमा पनि रेइफरले नै बलिङ गर्दै जम्मा ५ रन मात्र बनाए ।


लिगमा पाँचौ खेलमा दोस्रो जित हात पारेको पोखराले ४ अंक जोडेको छ र प्लेअफ सम्भावना कायम राखेको छ । पाँच खेलमा चौथो हार व्यहोरेको विराटनगरको २ अंक मात्र छ र प्लेअफ होड कठिन बनेको छ ।

 

त्यसअघि १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

 

पोखराका लागि ओपनर आन्द्रेस गौसले २७ बलमा ७ चौका मदतमा ३६ रन बनाए । कप्तान कुशल भुर्तेलले ३१ रन बनाए। उनले ३४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।

 

बलिङमा विराटनगरका प्रतिश जिसीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । क्रिस सोलले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

 

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

 

विराटनगरका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे । ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन जोडे ।

 

बसिर अहमदले २० बल खेल्दै १ छक्का मद्दतमा अविजित २१ रन बनाए । पोखराका लागि बलिङम सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । रेमोन रेइफरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology