मेयरसाप

सम्पादकीय

महाशिवरात्री

पर्यटन

बालमैत्री

बागलुङ नगरपालिका

रतुवामाई नगरपालिका

कोहलपुर नगरपालिका

फ्रान्सको मायोट क्षेत्रमा शक्तिशाली आँधी, कम्तीमा ११ जनाको मृत्यु

आँधीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान

Mayorsap

आइत, मंसिर ३०, २०८१ | १७:३१ बजे

पेरिस । हिन्द महासागरमा अवस्थित मायोट टापुमा चिडो चक्रवातको वितण्डाका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । फ्रान्सेली समाचार एजेन्सी एएफपीका अनुसार यो चक्रवात झन्डै १०० वर्षमा यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली आँधी हो ।

 

चक्रवातको समयमा हावाको वेग २२५ किलोमिटर प्रतिघण्टाको दरमा थियो । आँधीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

 

हावाहुरीका कारण मायोट क्षेत्रमा बिजुली अवरुद्ध भएको छ । खानेपानीको आपूर्ति पनि बन्द भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशको प्रशासन मेयोट क्षेत्रका जनताको पक्षमा रहेको बताएका छन् । २५० अग्नि नियन्त्रक र सुरक्षाकर्मीलाई मायोटमा पठाइएको फ्रान्सेली अधिकारीहरूले बताएका छन् । तिनीहरूमध्ये केही पहिले नै टापु पुगिसकेको भनिएको छ ।

 

मायोटमा रहेका सबै अस्थायी घरहरू पूर्ण रूपमा ध्वस्त भएको जानकारी फ्रान्सका गृहमन्त्री ब्रुनो रिटेलोले दिएका छन् । आँधीका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने आशङ्का व्यक्त गरिएको छ । सन् १९३४ देखि मायोतमा यस्तो गतिको आँधी नआएको उनले भनेका छन् ।


पहाडको भिरालो जमिनमा बनेका अस्थायी घरहरू पूर्णरुपमा ध्वस्त भएको बताइएको छ । हिन्द महासागरमा अवस्थित मायोट टापु  फ्रान्सको नियन्त्रणमा छ ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology