मेयरसाप

सम्पादकीय

महाशिवरात्री

कर्मचारी

सगरमाथा

उपेन्द्र यादव

पर्यटन

सामुदायिक विद्यालय

तिलागुफा नगरपालिका

काठमाडौं महानगरपालिका द्वारा ५ महिनामा ३७ किलोमिटर सडक कालोपत्रे

Mayorsap

शुक्र, पौष ५, २०८१ | १६:५९ बजे

 काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिनामा ४३ वटा पूर्वाधार निर्माण सम्बन्धी योजना सम्पन्न गरेको छ । यसबाट ३७.३० किलोमिटर सडक कालोपत्रे भएको छ ।

 

नियमित सडक मर्मत कार्यक्रमअन्तर्गत ८.४० किलोमिटर, पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत १०.२० किलोमिटर, धुलोरहित सडक कार्यक्रमअन्तर्गत ९.४० किलोमिटर र क्रमागत कार्यक्रमबाट ९.३० किलोमिटर सडक निर्माण भएको हो ।

 

सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार सडक कालोपत्रे कार्यसँगै ५.८० किलोमिटर सडक ढलान गरिएको छ ।

 

१.१६ किलोमिटर ढल राख्ने, ६.४७ किलोमिटर सडकमा ब्लक छाप्ने र २ हजार ७० वर्गकिलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न भएको छ । यस अवधिमा करिब ८८ करोड रुपैयाँको काम सम्पन्न भएको र ५० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको विभागले जनाएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology