मेयरसाप

सम्पादकीय

कर्मचारी

महाशिवरात्री

गुणस्तरहीन दुध

नलगाड नगरपालिका

गृहमन्त्री

पैयुँ गाउँपालिका

हनुमाननगर कंकालिनी नगरपालिका

सूर्यदर्शन सहकारी ठगी प्रकरणः १ अर्ब ५१ करोड बिगो माग दाबी

Mayorsap

आइत, पौष ७, २०८१ | १४:३५ बजे

पोखरा । कास्कीको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणको पूरक अनुसन्धानपछि आइतबार मुद्दा दायर भएको छ ।  जिल्ला सरकारी वकिलको कार्यालयले कास्की जिल्ला अदालतमा एक अर्ब एकाउन्न करोड चालिस लाख उन्नाइस हजार एक सय चौरानब्बे रुपैयाँ तीन पैसा बिगो कायम गरेर मुद्दा दायर भएको हो ।


सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले मूल अभियोग पत्रमा अभियोजन गरिएका प्रतिवादीहरू १९ जना तथा  पूरक अभियोजन पत्रमा उल्लेखित प्रतिवादीहरू छविलाल जोशी, लिला पछाई, रवि लामिछाने समेतका सम्पूर्ण प्रतिवादीहरू समेतबाट असुल उपर गर्ने गरी सो बराबरको बिगो कायम गरेर मुद्दा दर्ता गरिएको जानकारी दिइन् ।


उनका अनुसार हिनामिना एवं अपचलन भएको बिगो मध्ये मूल अभियोग पत्रमा खुलाइएको १०३५ जना बचत कर्ताहरूको जम्मा बिगो एक अरब एघार करोड चौतिस लाख त्रिचालिस हजार पैँतालिस रुपैयाँ सत्र पैसा रहेको छ ।


यस्तै थप अभियोग दाबीमा उल्लिखित जम्मा १२१ जना खुलाइएका बचतकर्ताहरूको हुने थप बिगो रकम तीन करोड तेत्तिस लाख पन्चानब्बे हजार तीन सय उनन्चास रुपैयाँ  सत्र पैसा सत्र रहेको छ । यस आधारमा बचनकर्ताको कुल बिगो एक अर्ब चौध करोड असठ्ठी लाख अठतिस लाख तीन सय चौरानब्बे हजार चौतिस पैसा कायम हुने अभियोग पत्रमा उल्लेख छ ।


जसअनुसार सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा ९१० को देहाय ९घ० बमोजिम पीडित जाहेरवालाहरूलाई दिलाई भराई बाँकी बिगो सूर्यदर्शन बचत तथा ऋण सहरकारी संस्था लिमिटेडमा भराइदिन अभियोग पत्रमा माग गरिएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology