मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

जलजला गाउँपालिका

संस्कृति

स्काइ–वाक टावर

मालिका गाउँपालिका

नाम्खा गाउँपालिका

रविसहितको मुद्दा न्यायाधीश राईको इजलासमा बहस हुने

Mayorsap

सोम, पौष ८, २०८१ | १२:३६ बजे

पोखरा । पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसहित ५ जनाको मुद्दामा न्यायाधीश नीतिश राईको इजलासमा बहस हुने भएको छ । बयानका लागि रविसहित पाँचै जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।


रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो ।


आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । आजदेखि बयान सुरु हुँदैछ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।

 

‘आजबाट अभियोगअनुसार प्रतिवादीको बयान थालिएको हो । १/२ दिन बयानमै जान्छ, त्यसपछि बल्ल थुनछेक बहस हुने हो,’ कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले भने ।


थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने छ ।


प्रहरीले रवि लगायतको समूहमाथि विभिन्न सहकारीको बचत ठगी गरेको आरोपमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगी मुद्दा दायर गरेको छ । संगठित समूह बनाएर योजनाबद्ध रूपमा ठगी गरेको आरोपमा उनीहरूमाथि संगठित अपराधको अभियोग पनि छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology