Ad Image

रवि लामिछानेलाई निलम्बन नगर्न सभामुख समक्ष रास्वपा सांसदहरुले गरे आग्रह

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734947306.jpeg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांदसहरुले सभामुख देवराज घिमिरेलाई भेटेर पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन नगर्न आग्रह गरेका छन् ।

 

सभामुखको कार्यकक्षमा पुगेर रास्वपा सांसदहरु सन्तोष परियार, सोविता गौतम र गणेश पराजुलीले सभापति लामिछानेलाई निलम्बन नगर्न ध्यानाकर्षण गराएका हुन् 

रविविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको संसद सचिवालयलाई सांसद पद निलम्बन गर्न पत्र पठाएको थियो। तर, रास्वपाका नेताहरुले मुद्दा पर्दैमा सांसद पद निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेका छन् ।


रास्वपा नेताहरुसँगको भेटमा सभामुखले कानूनी प्रक्रिया हेरेर निर्णय लिने जवाफ दिएका छन् । प्रहरीको पत्रको बिषयमा सभामुख घिमिरेले संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफलसँग छुट्टै छलफल पनि गरेका छन् ।