साताको दोस्रो दिन बढ्यो सेयर बजार
Mayorsap
सोम, पौष ८, २०८१ | १५:४१ बजे

काठमाडौँ । तीन दिन लगातार घटेको सेयर बजार आज, सोमबार २९ अंकले बढेको छ । समग्रमा १.११ प्रतिशतले बजार बढ्दै परिसूचक २६१२ बिन्दुमा उक्लिएको हो ।
आज १९४ कम्पनीको मूल्य बढेको छ । सपोर्ट माइक्रोफाइनान्स र सुपर मादी जलविद्युतको मूल्यमा सकारात्मक सर्किट लाग्यो । आज बाराही हाइड्रो, बलेफी हाइड्रो र नेपाल हाइड्रोको सेयर मूल्य ९ प्रतिशत धेरैले बढेको छ । आज जलविद्युत् उपसमूहको सूचक २.६५ प्रतिशतले बढेको छ ।
कुल ४२ कम्पनीको मूल्य घट्दा सोमबार मानुषी लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । आज ४ अर्ब ४३ करोडको सेयर खरिदबिक्री भएको छ ।