मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

पञ्चदेवल विनायक नगरपालिका

बजेट

विश्व सम्पदा

दसैँ

सम्पादकीय

जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान

Mayorsap

मंगल, पौष ९, २०८१ | १०:१५ बजे

कैलाली । जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन सुरु गरेको छ । गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम कार्यविधि कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले विद्यालयलाई विद्यार्थीले हासिल गरेको नतिजाका आधारमा अनुदान दिन सुरु गरेको हो ।

नतिजाकै आधारमा गाउँपालिकाले चालु आर्थिक वर्षमा विद्यालयलाई अनुदान दिएको छ । आधारभूत तहमा कक्षा ८ को परीक्षा र एसइईको नतिजामा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयलाई अनुदान दिएको हो । जसअनुसार माध्यमिक तहतर्फ भृकुटी मावि प्रथम भएको छ । जसले रु चार लाख अनुदान प्राप्त गरेको छ । त्यसैगरी दोस्रो जनता नमूना मावि मुनुवाले रु दुई लाख ५० हजार प्राप्त गरेको छभने तेस्रो अरुणोदय मावि खैरीफाँटाले रु एक लाख ५० हजार प्राप्त गरेको छ ।

आधारभूत तहतर्फ राष्ट्रिय आधारभूत विद्यालय खैरीपुर प्रथम भएको छ । राष्ट्रिय आधारभूत विद्यालयले रु तीन लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी दोस्रो हिमालय राष्ट्रिय मावि अमरावतीले रु दुई लाख प्राप्त गरेको छ । यसले विद्यालयलाई प्रतिस्पर्धामा ल्याउने विश्वास गाउँपालिकाको छ ।

गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विद्यालयको गुणस्तर सुधार गर्न र विद्यार्थीको सिकाइ उपलब्धि बढाउनका साथै विद्यालयलाई प्रतिस्पर्धी बनाउन गाउँपालिकाले विद्यालयलाई नतिजामा आधारित अनुदान कार्यक्रम सुरु गरेको बताएका छन् । “पहिलो वर्ष आधारभूत तह र माध्यमिक तहको कक्षा ८ र १० लाई प्राथमिकतामा राखिएको थियो । आउँदो वर्षदेखि कक्षा ५ को परीक्षा नतिजाका आधारमा पनि विद्यालयले अनुदान पाउनेछन्”, अध्यक्ष चौधरीले भने, “यस कार्यक्रमले शैक्षिक गुणस्तरमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौं ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले विद्यालय र विद्यार्थीलाई सवल बनाउन गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम सुरु गरेको बताए । “यो कार्यविधिले विद्यालय तथा शिक्षकहरूलाई चुनौती पनि थपेको छ । साथै विद्यालयलाई नतिजा सुधारमा प्रतिस्पर्धी पनि बनाउने छ”, उनले भने, “यसले आगामी दिनमा गाउँपालिकाले चाहेको शैक्षिक गुणस्तर कायम गर्नमा मद्दत पुग्नेछ ।” 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology