मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

गुणस्तरहीन दुध

केराबारी गाउँपालिका

राजीनामा

‘घर घरमा डाक्टर’

विनयी त्रिवेणी गाउँपालिका

‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’

Mayorsap

बुध, पौष १०, २०८१ | २०:०२ बजे

मकवानपुर । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्नेमा उनले जोड दिएका छन् । यहाँको मकवानपुरगढी गाउँपालिका–४ स्थित वाइवाडाँडा लिफ्टिङ सिँचाइ उपभोक्ता समितिले निर्माण गर्न लागेकोे ट्याङ्कीको शिलान्यास गर्दै आज उनले व्यक्ति–व्यक्तिले योजना माग गर्दा कार्यान्वयन फितलो भएको बताए ।

निर्वाचित जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय उपभोक्ताको छलफलबाट अधिकतम लाभ हुने योजना छनोट गर्नुपर्ने मन्त्री खड्काको भनाइ छ ।  सम्पन्न भइसकेका योजनाको संरक्षण र सदुपयोगमा ध्यान दिनसमेत उनले आग्रह गरे।

ट्याङ्की निर्माण पश्चात् तीनसय रोपनी जमिनमा सिँचाइको सुविधा पुग्ने जनाइएको छ । कूल २० लाखको लागतमा एक लाख ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गर्न लागिएको समितिका अध्यक्ष राजकुमार योञ्जनले जानकारी दिए । ट्याङ्की निर्माण पश्चात् तीन ठाउँबाट पानी वितरण गर्न थप एक करोडको आवश्यक रहेको समितिले जनाएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology