मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

उपनिर्वाचन

ललितपुर नगरपालिका

ललितपुर महानगरपालिका

गैंडाकोट नगरपालिका

मिक्वाखोला गाउँपालिका

सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट पारित

Mayorsap

बिही, पौष ११, २०८१ | १५:४६ बजे

काठमाडौँ । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकले उक्त विधेयकलाई सर्वसहमितले पारित गरेको हो ।


राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको अर्थ समितिमा आएको सुरक्षित कारोबार ऐनलाई केही संशोधनसहित पारित गरेको छ । समिति बैठकमा बोल्दै अर्थ समिति सभापति सन्तोष चालिसेले विधेयकका विषयमा विज्ञ, अर्थ मन्त्रालय र कानुन मन्त्रालय, संशोधनकर्ता सांसदहरु र सांसदहरूबिच विधेयकका विषयमा दफावार समेत गरी लामो छलफल पश्चात समितिले विधेयकलाई पास गरेको बताए । उनले सुरक्षित कारोबार ऐनले साना–साना घरायसी भैँसी, बाख्रा किनबेचदेखि अन्य प्रकारका कारोबारलाई समेत सुरक्षित बनाउने गरी ऐन पास भएको बताए ।


सभापति चालिसेले ऐन संसदबाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीहरूलाई सहज र फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनले अब बस्ने संसदमा समितिले पास गरेको विधेयक पेस गर्ने तयारी गरिने बताए । उनले अर्थ समितिमा रहेका ६ विधेयकमध्ये दुईवटा विधेयक समितिबाट पास गरेको बताए ।


उनले भने,‘सुरक्षित कारोबार ऐनले साना–साना घरायसी भैँसी, बाख्रा किनबेचदेखि अन्य प्रकारका कारोबारलाई समेत सुरक्षित बनाउने गरी ऐन पास भएको छ । ऐन संसदबाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीहरूलाई सहज र फाइदा पुग्नेछ । ऐन लागू भएपनि सुरक्षित कारोबार रेकर्ड राख्ने स्थानीय तहमा कार्यालय बन्ने र त्यहीबाट काम हुनेछ ।’


समितिले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा चल सम्पत्ति धितो राखी गरिने कारोबारलाई सुरक्षित बनाउने सम्बन्धमा एकीकृत कानुनी व्यवस्था गरी चल सम्पत्ति भन्ने शब्द राखेको छ । विधेयकको दफा ८ को उपदफा १ मा सामान्य कुनै त्रुटि भएपनि भन्ने शब्दहरूको सट्टा धितो सम्बन्धी सम्झौतामा फरक नपर्ने सामान्य त्रुटि भएपनि भन्ने शब्द राखेर विधेयक पारित भएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology