मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

फिदिम नगरपालिका

उपहार

मुसीकोट नगरपालिका

रमेश लेखक

निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा

Mayorsap

शुक्र, पौष १२, २०८१ | ०७:३३ बजे

टीकापुर । निर्माण सामग्री अभावमा  सञ्चालित रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गति लि सकेको छैन । आयोजनाअन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र विस्तारका काम सुस्त छन् ।

नदीजन्य पदार्थ कर्णाली नदीबाट निकाल्न टीकापुर नगरपालिकाले हालै बोलपत्र आह्वान गरेको छ । जानकी गाउँपालिकाले ठेक्का लगाएको भए पनि पर्याप्त सामग्री नपाइएको निर्माण व्यवसायीको गुनासो छ ।

नदीजन्य पदार्थ नपाउँदा क्रसर उद्योग पनि प्रभावित भएका छन् ।  हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनका कार्यक्रम निर्देशक निर्भय रिजालले मूल्य बढेका कारण सिमेन्ट र सरिया पाउन समस्या छ भने अर्कोतर्फ नदीजन्य पदार्थ रकम दिँदा पनि समयमै पाउन नसकिएको बताए ।  उनले निर्धारित समयमा आयोजना सम्पन्न गर्न कठिन हुने बताए ।

“नदीजन्य पदार्थका सवालमा सरकारले सहजीकरण गरिदिनुपर्छ, नत्र निर्माण ढिला हुन्छ”, ५८ करोडको आयोजनामा ६५ प्रतिशत निर्माण सकिएको जानकारी दिँदै उनले भने । निर्माण व्यवसायीले कर्णाली नदी तटबन्धमा लापर्वाही गरिरहेको भन्दै सरकारले यथाशीघ्र रानीजमरा कुलरिया सिँचाइ आयोजनाको काम द्रुत गतिमा गर्नुपर्नेमा स्थानीय समाजसेवी शेरबहादुर साउदले जोड दिएका छन् ।

 कर्णाली नदीमा समयमै तटबन्ध नगरे आगामी वर्षा याममा हजारौं बिघा जमिन डुबानमा पर्नेछ ।  सयौँ घरपरिवार बेघर हुनेछन् । कर्णाली नदीले टीकापुर उद्यान नजिक, कर्णाली सामुदायिक वन र फाँटामा क्षति गर्ने जोखिम छ भने मोहना नदीले खक्रौला नाका नजिक १०५÷७ नम्बर पिलर बगाउन बाँकी छ ।  पथरैया नदीले टीकापुर ७ को डिवीपुर नजिक कटान गरिरहेको छ ।

सिँचाइ आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर नवीन पौडेलले नदीजन्य पदार्थ अभावमा निर्माण सुस्त भएपछि स्थानीय तहसँग समन्वय गरिएको बताए । उनले भने, “सञ्चित सामग्रीबाट निर्माण व्यवसायीले काम गरिरहेका छन् । थप सामग्री नपाउँदा समस्या भएको भन्दै व्यवसायीको निवेदन आएको छ ।”

समयमा काम नभए बालीलाई पानी चाहिने बेलामा पानी अभाव हुने बताउँदै उनले समयमा सामग्री जुटाएर काम नगरे नदी कटानको जोखिम बढ्ने स्वीकार गरे । “नदी नियन्त्रणमा करोडौँ खर्च लाग्ने देखिन्छ । नदी नियन्त्रणका लागि लागत अनुमानबारे केन्द्र सरकारलाई जानकारी गराएको तर बजेट अभावमा सबै ठाउँमा काम गर्न सकिएको छैन”, उनले भने ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology