श्वासप्रश्वासमा समस्या भएपछि मोहन वैद्य किरण अस्पताल भर्ना
Mayorsap
शुक्र, पौष १२, २०८१ | १४:१६ बजे

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि ७८ वर्षीय वैद्यलाई विहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।
वैद्य विहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकहरुले भर्ना हुनुपर्ने भनेपछि उनलाई भर्ना गरिएको थियो ।
गत महिना आयोजित एकता महाधिवेशन वेला पनि स्वास्थ्यमा समस्या आएकाले पूरै समय बन्दसत्रमा बस्न सकेका थिएनन् ।
गत वर्ष पनि उनलाई त्रिवि शिक्षण अस्पतालमा करिब एक हप्ता भर्ना गरेर उपचार गरिएको थियो ।