पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त
Mayorsap
शुक्र, पौष १२, २०८१ | १५:२७ बजे

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेकी छन् ।
“मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधनको खबरले म अत्यन्त दुःखी भएको छु”, पूर्वराष्ट्रपति भण्डारीले भनिन् । उनले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको समेत उल्लेख गरिन् छ ।
“भारतको अर्थतन्त्र सुधारका शिल्पकारसमेत मानिनु हुने प्रख्यात अर्थशास्त्री, शालीन व्यक्तित्वका धनी डा. सिंहको निधनबाट नेपालले एक सच्चा मित्र गुमाएको छ । स्वर्गीय सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गर्दछु”, उनले भनिन् । सिंहको ९२ वर्षको उमेरमा निधन गए राति निधन भएको हो ।