मेयरसाप

लिम्चुङबुङ गाउँपालिका

फोहोर

वृक्षरोपण

स्थानीय तहको क्षमता आवश्यकता पहिचान प्रतिवेदन

हनुमाननगर कंकालिनी नगरपालिका

औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छः मुख्यमन्त्री कार्की

Mayorsap

शुक्र, पौष १२, २०८१ | १५:५१ बजे

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा सरकार गम्भीर रहेको बताए   ।

 

सुनसरीको इटहरीमा उद्योग सङ्गठन मोरङले आज आयोजना गरेको ‘व्यावसायिक सुरक्षा र स्वास्थ्य व्यवस्थापन प्रणाली’ विषयक गोष्ठीमा उनले उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गरिरहेको बताए । मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्दै औद्योगिक कामदारले भोग्नुपरेका समस्याबारे गोष्ठीको निष्कर्षले थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

 

उनले लगानी सम्मेलन सफल बनाउन उद्योगी व्यवसायीको सल्लाह र सुझाव महत्वपूर्ण हुने भएकाले सो विषयमा पनि सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा राखे । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology