मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

स्थानीय सरकार

व्यास नगरपालिका

सेवाग्राही सुविधा

धनगढीमाई नगरपालिका

छिन्नमस्ता गाउँपालिका

हर्क साम्पाङ

अनेरास्ववियु क्रान्तिकारीको दुई चरणमा निर्वाचन हुँदै

सबै प्रदेश र जिल्लामा मतदान अधिकृत तोकियो

Mayorsap

शुक्र, पौष १२, २०८१ | १५:५१ बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको निर्वाचन पुस १३ र १७ गते दुई चरणमा हुँदैछ । त्यसका लागि निर्वाचन समितिले सबै प्रदेश र जिल्लाहरूमा मतदान अधिकृतहरू तोकिसकेको छ ।


विद्यार्थी मोर्चाको दुवै चरणको निर्वाचनलाई सफल बनाउन आर्थिक लगायतका आवश्यक सहयोग र सहजीकरण गर्न पार्टीका सबै प्रदेश र जिल्ला समन्वय समितिलाई आवश्यक निर्देशन दिइसकेको केन्द्रीय कार्यालय निकट स्रोतले जनाएको छ ।


निर्वाचन समितिका अनुसार पहिलो चरणमा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा ७७ वटै जिल्लामा मतदान हुनेछ । त्यसका लागि शनिबार निर्वाचन हुने इन्चार्ज हिमाल शर्माले जानकारी दिए ।


यस्तै दोस्रो चरणमा नयाँ नेतृत्वको लागि  पुस १७ गते निर्वाचन हुने उनको भनाइ छ ।


नेतृत्व छनोटको निर्वाचन सात प्रदेशमा हुनेछ । त्यसका लागि माओवादीले सबै जिल्ला र प्रदेशमा मुख्य मतदान अधिकारी र मतदान अधिकृत तोकिसकेको एक विद्यार्थी नेताले बताए । एक जिल्लामा तीन जना मुख्य मतदान अधिकृतसहितका मतदान अधिकृत तोकिएका छन् भने प्रदेशमा पनि सोहीअनुसार तोकिएको उनको भनाइ छ ।
 

यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको सम्मेलनमा उमेरहदको विवाद हुँदा स्थगित भएको थियो ।


दोस्रोपटक मङ्सिर २३ र २४ गते भनिएको सम्मेलन पनि विवादकै कारण स्थगित भएको थियो । नयाँ नेतृत्व छनोटका लागि देशभरबाट दुई हजार ३२३ प्रतिनिधि सहभागी हुनेछन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology