मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

स्थानीय सरकार

सुत्केरी महिला

विनयी त्रिवेणी गाउँपालिका

छाँयानाथ रारा नगरपालिका

खानेपानी

चौँरी महोत्सव

विपद् उद्धारमा खटिने स्वयंसेवकको सीप विकासका लागि पाठ्यक्रम बनाइँदै

Mayorsap

शुक्र, पौष १२, २०८१ | १६:०६ बजे

काठमाडौँ । सरकारले विपद् व्यवस्थापन (उद्धारलगायत)मा परिचालन हुने स्वयंसेवकलाई सीपयुक्त बनाउन पाठ्यक्रम निर्माण गर्ने भएको छ ।

 

अहिलेसम्म सेना, प्रहरी तथा रेडक्रसले आआफ्नै तरिकाले पाठ्यक्रम तयार गरी स्वयंसेवक तालिम दिँदै आएकामा अब गाउँगाउँमा खटिने विपद् उद्धार स्वयंसेवकलाई दक्ष बनाउन एकीकृत पाठ्यक्रम तर्जुमा गर्न लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

 

प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुसालले स्वयंसेवकलाई सीपयुक्त बनाउनसके विपद् उद्धारमा तत्काल परिचालन गरी क्षति कम गर्न सकिने निष्कर्षका साथ एकीकृत पाठ्यक्रम बनाउन थालिएको र हाल प्रारम्भिक मस्यौदा तयार गरिसकिएको जानकारी दिए ।

 

नेपालमा बाढी, पहिरोलगायत विपद् उद्धारका लागि एक लाख तीन हजार स्वयंसेवकले प्राधिकरणको प्रणालीमा नाम लेखाएका छन् तर विपद् उद्धारमा स्वयंसेवकहरु खासै परिचालन हुने गरेका छैनन् । ती स्वयंसेवकबाहेक रेडक्रस, स्काउट र नगर प्रहरीहरू पनि छन् । विपद्का बेला सुरक्षा निकाय (सेना जनपद र सशस्त्र प्रहरी) मात्रै खटिने गरेका छन् । स्वयंसेवकलाई पनि दक्ष र सीपयुक्त बनाउन सके विपद् व्यवस्थापनमा योगदान दिनसक्ने हुँदा पाठ्यक्रम निर्माण गर्न लागिएको डा भुसालले बताए ।

 

उनले भने, “हामीले उत्पादन गरेका स्वयंसेवकले सुरुमा गाउँगाउँमा परिचालन भएर उद्धारमा खटिन्छन् भन्ने उद्देश्य थियो तर त्यसो हुन सकेन । यसका कारण स्वयंसेवकलाई सुरक्षाकर्मीसँगै काँधमा काँध मिलाएर काम गर्न सकुन् भन्ने उद्देश्यका साथ यो पाठ्यक्रम तर्जुमा गर्दैछौँ ।”
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology