मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

स्थानीय सरकार

पर्यटक शुल्क

सूर्योदय नगरपालिका

रामगोपाल नगरपालिका

गरिबसँग विश्वेश्वर कार्यक्रम

चन्द्रबहादुर गुरुङ

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग

Mayorsap

शुक्र, पौष १२, २०८१ | १६:१२ बजे

काठमाडौँ । दक्षिण कोरियाको संसदले कार्यवाहक राष्ट्रपतिविरूद्ध पनि महाभियोग लगाएको छ।

 

मुलुकमा सैनिक कानुन लगाउने असफल प्रयासका कारण यून सुक यौल राष्ट्रपतिलाई महाभियोग लगाइएको दुई साता नबित्दै कार्यवाहक राष्ट्रपतिलाई पनि महाभियोग लगाएर हटाएको हो।

 

यून हटाइएपछि प्रधानमन्त्रीसमेत रहेका हान डक सूलाई सैनिक कानुन लगाउने असफल प्रयासपछि भएको राजनीतिक उथपुथलको समाधान गर्ने जिम्मेवारीसहित कार्यवाहक राष्ट्रपति तोकेको थियो।

 

विपक्षी दलहरुले  कार्यवाहक राष्ट्रपति सूले यूनविरूद्धको महाभियोग प्रक्रियालाई अगाडि नबढाएको आरोप लगाउँदै उनीविरूद्ध पनि महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

 

शुक्रबार भएको मतदानमा १९२ जनाले महाभियोग प्रस्तावको पक्षमा मतदान गरेपछि पारित भएको बिबिसीले जनाएको छ।

 

दक्षिण कोरियामा राष्ट्रपतिसँगै कार्यवाहक राष्ट्रपति पनि महाभियोगबाट बाहिरिएको यो पहिलो राजनीतिक घटना हो।  


अब महाभियोगको सूचना संवैधानिक अदालतमा पुर्‍याइएपछि सुको कार्यवाहक राष्ट्रपतिको पद पनि निलम्बनमा पर्नेछ।

 

अब उपप्रधानमन्त्री एवम् वित्त मन्त्री चोई साङ मकलाई कार्यवाहक राष्ट्रपति बनाउने तयारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


संवैधानिक अदालतले अदालतले १८० दिनभित्र उनलाई पदबाट हटाउने वा पुनर्स्थापना गर्ने भन्ने फैसला दिनुपर्नेछ।

 

यसअघि निलम्बित राष्ट्रपति यूनकै विषय संवैधानिक अदालतमा अघि बढेको छैन।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology