मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बजेट

स्थानीय सरकार

‘छोरी सम्मान कार्यक्रम’

देवचुली नगरपालिका

तुलसीपुर उपमहानगरपालिका

लमही नगरपालिका

‘मध्यपुर थिमि महोत्सव’

अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः शेखर कोइराला

Mayorsap

शनि, पौष १३, २०८१ | २२:०३ बजे

महोत्तरी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुलुकको विकासका लागि मुख्य बाधक रहेको बताएका छन् । आज महोत्तरीको भटौलियामा नेपाली कांग्रेस महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै उनले त्यसैकारण अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्ने बताए ।

नेता डा कोइरालाले सुशासनका लागि अब कसैलाई दोष दिएर नभई सङ्गठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । “भ्रष्टाचारबारे कसैप्रति दोष दिएर आपूm उम्कन पाइँदैन । यसलाई जरैदेखि निर्मूल पार्न सबैको सङ्कल्प चाहिन्छ”, उनले भने, “यो अभिभाराको नेतृत्व प्रजातन्त्रका लागि लामो लडाइँ लडेको कांग्रेसका कार्यकर्ताले गर्नुपर्छ । भ्रष्टाचारले संस्थागत रूप लिएकाले यसविरुद्ध निर्मम सङ्घर्ष आवश्यक छ”, उनले भने ।

युवा पुस्तालाई शिक्षा र रोजगारीका लागि मुलुकमै रहनसक्ने वातावरण नबनाएसम्म मुलुकले अग्रगति लिन नसक्ने धारणा राख्दै नेता डा कोइरालाले त्यसका लागि गुणस्तरीय प्राविधिक शिक्षा र उत्पादनमूलक काममा लगानीको आवश्यकता औँल्याए । त्यसका लागि कृषि उपयुक्त अवसर भएको उनको भनाइ थियो । 

“हाम्रो सम्भावनाको क्षेत्र कृषि नै हो । मधेशकै कुरा गर्दा पनि यसलाई अन्नको भण्डार मानिँदै आइएको छ । कृषिलाई आधुनिकीकरण गर्न ठोस पहलकदमी नहुँदा लाभ लिन सकिएको छैन । अब कांग्रेस नेतृत्वमा बहुमतको सरकार बने मात्रै यी समस्या निदानका लागि काम गन सकिन्छ । यसका लागि सबैले प्रयास गरौँ”, डा कोइरालाले भने ।

यसअघि विविध कारणले रोकिएको यस क्षेत्रको अधिवेशन आज सुरु भएको हो । आज नेता राघवेन्द्र झाको अध्यक्षतामा उद्घाटनसत्र सम्पन्न भएको र भोलि जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभाहलमा पार्टीका उपसभापति धनराज गुरुङको प्रमुख आतिथ्यमा बन्दसत्र हुने कार्यक्रम रहेको महासमिति सदस्य बजरङ्ग नेपालीले जानकारी दिए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology