दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटनाः मृतकको संख्या ६४ पुग्यो
Mayorsap
आइत, पौष १४, २०८१ | ०९:५१ बजे
काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६४ पुगेको छ । एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको थियो ।
उक्त विमान दुर्घटनामा परी ६४ जनाको मृत्यु भएको समाचार एजेन्सी योनहापले जनाएको छ । सो विमानमा दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका नागरिकहरु थिए । दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो ।
थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो । दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ ।