मेयरसाप

कर्मचारी

सम्पादकीय

शिक्षा

महाशिवरात्री

बजेट

स्थानीय सरकार

अस्पताल

सत्यवती गाउँपालिका

स्थानीय सरकार

रास्कोट नगरपालिका

तातोपानी गाउँपालिका

जापानको औसत तापक्रम उच्च हुने सम्भावना

Mayorsap

आइत, पौष १४, २०८१ | १९:०२ बजे

टोकियो । जापानको औसत तापक्रम सन् २०२४ मा लगातार दोस्रो वर्ष रेकर्ड उच्च हुने सम्भावना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । क्योडो न्यूजले जापानको मौसम विज्ञानले जारी गरेको प्रारम्भिक तथ्याङ्कलाई उद्धृत गर्दै नोभेम्बर महिनाको औसत तापक्रम सन् २०२० सम्मको ३० वर्षको अवधिको वार्षिक औसतभन्दा १.६४ डिग्री सेल्सियस बढी रहेको बताएको छ । 

देशको मौसम एजेन्सीले सन् १८९८ मा तथ्याङ्क जारी गर्न थालेदेखि रेकर्ड गरिएको औसत तापक्रम यताकै उच्च स्तरमा पुगेको छ । “तापमान असामान्य रूपमा उच्च थियो भनेर भन्न सकिन्छ,” जापान मौसम विज्ञान एजेन्सी (जेएमए) अधिकारीले बताए ।

एजेन्सीका अनुसार, उच्च तापक्रम पश्चिमी वायुले ल्याएको तातो हावाका कारण भएको हो । प्रतिवेदनले जापानको तापक्रम हालैका वर्षहरूमा बढ्दै गएको र सन् २०१९ तथा सन् २०२३ बीचको पाँच वर्ष शीर्ष पाँच सबैभन्दा तातो वर्ष रहेको बताएको छ । जापान वरपरका समुद्रहरूको औसत सतहको तापक्रम पनि नोभेम्बरको अन्त्यसम्ममा वार्षिक औसतभन्दा १.४६ डिग्री सेल्सियस बढी थियो । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology