Ad Image

विद्यार्थीको अनुहारमा स्वदेशमै केही गरौं भन्ने भाव झल्केको पाइयो: प्रधानमन्त्री ओली

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735394474.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५० औं दीक्षान्त समारोहमा सहभागी भएका विद्यार्थीहरूको अनुहारमा स्वदेशमै केही गरौँ भन्ने भाव झल्केको पाएको बताएका छन् ।  

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले शनिबार सम्पन्न भएको त्रिविको दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरूको अनुहारमा स्वदेशमै केही गरौं भन्ने भाव झल्केको बताए  । “दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूको अनुहारमा स्वदेशमै केही गरौं भन्ने भाव झल्केको थियो,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।  

त्रिविको दीक्षान्त समारोहमा यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित हुन सहभागी भएका थिए । समारोहमा विभिन्न पुरस्कार प्रदान गरिएको थियो । त्रिविको कुलपतिको हैसियतमा प्रधानमन्त्री ओली उक्त समारोहमा सहभागी भएका थिए ।