मेयरसाप

नगर विकास कोष

खुम्बु पासाङल्हामु गाउँपालिका

पार्किङ

विश्व सम्पदा

परोहा नगरपालिका

प्रमुख प्रशासकीयले गैरकानूनी उत्खनन् रोक्न खोज्दा पालिका अध्यक्षले सोधे स्पष्टीकरण

Mayorsap

आइत, पौष १४, २०८१ | २०:१४ बजे

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले प्रमुख प्रशासकीय अधिकृत राजाराम पौडेलले प्रहरीलाई उत्खनन् कार्य रोक्न पत्र पठाएको भन्दै स्पष्टीकरण सोधेका छन् । 

प्रशासकीय अधिकृत पौडेलले यही पुस ८ गते गाउँपालिका– २ को बिर्ता जाने नहर, सडक लगायतका सार्वजनिक स्थलबाट गैरकानूनी रूपमा माटो निकालेर बेच्नेहरूलाई कारबाही गर्न भन्दै प्रहरीलाई पत्र लेखेका थिए ।

उनले प्रहरीलाई पठाएको पत्रमा भनिएको छ, ग्रामथानअन्तर्गतका विभिन्न नहर र सडकबाट गैरकानूनी रूपमा उत्खनन् भइरहेको सूचना आएको र गाउँपालिकाले अनुगमन गर्दासमेत उत्खनन् भइरहेको पाइएकाले गैरकानूनी उत्खनन् रोकी सवारीसाधन नियन्त्रणमा लिइदिन अनुरोध छ ।’ 

त्यसबारे प्रहरीलाई पत्र लेखेको भन्दै पालिका अध्यक्ष माझीले पुस ११ गते प्रशासकीय अधिकृत पौडेललाई स्पष्टीकरण सोधेका हुन् । ‘प्रहरीलाई के कति कारणले पत्र काटिएको हो ? भनेर प्रशासकीय अधिकृत पौडेलसँग स्पष्टीकरण सोधिएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology