जिप दुर्घटनामा एकजनाको मृत्यु
Mayorsap
आइत, पौष १४, २०८१ | २०:४४ बजे

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चाक्ले बगरस्थित भित्री सडकमा आज जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २९४६ नं को जिपको ‘ब्रेक फेल’ भई सडकबाट झण्डै चार मिटर तल खस्दा कैलाश गाउँपालिका–३ का ५६ वर्षीय सन्तबहादुर गोम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका गोम्बाको उपचारका क्रममा मनहरी अस्पतालमा मृत्यु भएको हो । उक्त जिपमा आठ जना सवार थिए । अन्य यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ । जिप चालक फरार रहेका छन् ।