मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

छिन्नमस्ता गाउँपालिका

बाँफीकोट गाउँपालिका

कमलबजार नगरपालिका

ललितपुर महानगरपालिका

छिन्नमस्ता गाउँपालिका

भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने

Mayorsap

बुध, पौष १७, २०८१ | १६:१४ बजे

काठमाडौँ । एमालेबाट बर्खास्तीमा परेका भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।


अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ । ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यक छ । यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ’, उनले भने ।


उनका अनुसार मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियान चलाइने छ । सो क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने छ ।


उनले एमालेसहित अन्य दलका कारण जनतामा निराशा बढ्दै गएको र  राष्ट्रिय स्वाधीनता पनि कमजोर बन्दै गएको बताए । ‘यस्तो अवस्थामा राजनीतिक दल गम्भीर हुनुपर्थ्यो । तर केपी ओली गुटले पार्टीलाई दिशाहीन बनाएको र धकेलेको छ । एमाले रंग खुइलिएको बामाले भएको छ । यो भन्नुपर्दा मलाई दुख लागेको छ । अन्य कतिपय दल पनि सोही बाटोमा छन्’, उनले भने ।  देशलाई समृद्ध बनाउने र जनताको आवश्यकतालाई पूरा गर्ने जनमत र सरकारको आवश्यकता रहेको बताए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology