मेयरसाप

छात्रावृत्ति

ऐरावती गाउँपालिका

हेटौंडा उपमहानगरपालिका

लमही नगरपालिका

‘एक घर, एक धारा’

धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने, लोक जुहारीदेखि छेलो हान्ने लगायत कार्यक्रम हुने

उत्सव क्षेत्रमा बृहत् सरसफाइ गर्ने

Mayorsap

बिही, पौष १८, २०८१ | २१:२८ बजे

सुनसरी । धरान उपमहानगरपालिकाले धरान दिवसका अवसरमा धरान उत्सवको आयोजना गर्ने भएको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले यही पुस २० देखि २४ गतेसम्म धरान उत्सवको आयोजना गरिने बताए । पुस २० गते विभिन्न संघसंस्थाका झाँकी र ¥यालीले बजार परिक्रमापछि धरान उपमहानगरपालिका–१६ स्थित रंगशालामा उत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । 

 

उनले भने, “उत्सवका लागि उपमहानगरपालिकाले पुस १९ गते शुक्रबार उत्सव क्षेत्रमा बृहत् सरसफाइ गर्ने छ ।” धरान उपमहानगरपालिका १६ स्थित रंगशालाको दक्षिणपट्टिको खाली मैदानमापुस पुस २० गतेदेखि हुने उत्सवमा उद्घाटन कार्यक्रममा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिने कार्यक्रम राखिएको छ भने उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रदर्शनी तथा बिक्री कक्ष राखिने नगरप्रमुख राईले बताए ।

 

पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, पुस २२ गते इस्टर्न सिङ्गिङ सुपर स्टार सिजन–१ र लोक जुहारी कार्यक्रम रहने छन् भने पुस २३ गते वाकाथुन, रस्सी तान र छेलो हान्ने कार्यक्रम रहेको छ । पस २४ गते श्रमदाता ¥याली, सांस्कृतिक झाँकी प्रस्तुति, प्रशंसापत्र वितरण र धन्यवाद ज्ञापन कार्यक्रम गरेर उत्सवको समापन गरिने नगर प्रमुख राईले जानकारी दिए ।

 

उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान दिवसका रुपमा मनाउने गरेको छ । कार्यक्रम अवधिभर एम्बुलेन्ससहित स्वास्थ्य सेवा, पोषण परामर्श, आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको प्रचारका साथै मनोरञ्जनात्मक नृत्य तथा सांस्कृतिक कार्यक्रम र बाल मनोरञ्जनका खेलहरुको आयोजना गरिने बताइएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology