मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

रेसुङ्गा नगरपालिका

स्वास्थ्य क्लिनिक

खानेपानी

रास्कोट नगरपालिका

शौचालय

निजामती सेवा प्रवेशका लागि ३२ वर्षे उमेर हद राख्न विधेयकमा लोक सेवाको सुझाव

Mayorsap

शुक्र, पौष १९, २०८१ | १५:५९ बजे

काठमाडौं । लोकसेवा आयोगले निजामती सेवामा माथिल्लो तहमा १० प्रतिशत खुल्ला र ९० प्रतिशत आन्तरिक बढुवाबाट पदपूर्तिगर्नु उपयुक्त हुने सुझाव दिएको छ ।


सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफलका क्रममा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले सहसचिवमा १० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न सुझाव दिएका हुन् ।


उनले निजामतीमा सेवा प्रवेशमा उमेर हद समावेशीमा ३७ वर्ष र खुल्लामा ३२ वर्ष राख्ने विधेयकको प्रस्ताव उचित रहेको बताए । त्यस्तै, अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने व्यवस्था गर्न उनले सुझाव दिए ।


निजामती क्षेत्रमा ट्रेड युनियन पनि एउटामात्रै आधिकारीक रुपमा राख्नुपर्ने उनले बताए ।


त्यस्तै आयोगले स्थानीय तह र प्रदेशको प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव पनि संघ मातहत नै हुनुपर्ने सुझाव दिएको छ ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology