Ad Image

हृदयाघातबाट महावै गाउँपालिका–३ का प्रशासन सहायकको निधन

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736068950.jpg

  कालीकोट । हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ । आज बिहान कार्यालय जाने तयारीमा रहेका उनको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।     
    
सत्र वर्षअघि उनी राष्ट्रसेवामा प्रवेश गरेका थिए । उनकी श्रीमती, एक छोरा र दुई छोरी छन् । स्वर्गीय सिंहको आजै पादमघाटमा अन्तिम संस्कार गरिने अध्यक्ष सिंहले बताए । प्रशासन सहायक सिंहको निधनप्रति दुःख व्यक्त गर्दै पालिकाले एक कुशल राष्ट्रसेवक गुमाएको उनले बताए ।