मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

बागलुङ नगरपालिका

जनकपुरधाम उपमहानगरपालिका

बटेश्वर गाउँपालिका

त्रिशूली

छिन्नमस्ता गाउँपालिका

मुसीकोट नगरपालिका

सडक

चिसोबाट बच्न स्थानीयलाई दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाउँदै थाहा नगरपालिका

चिसोले श्वासप्रश्वासका बिरामी बढे

Mayorsap

सोम, पौष २२, २०८१ | १९:०३ बजे

फाइल तस्बिर

मकवानपुर । जिल्लाको उत्तरी भेगमा पर्ने दामन, पालुङ, चित्लाङ र मार्खु क्षेत्रमा चिसोका कारण वृद्धवृद्धा, शिशु र बालबालिकामा श्वासप्रश्वास, भाइरल ज्वरोको प्रकोप बढेको छ । स्थानीय स्वास्थ्य चौकीमा दैनिक उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हाल ती क्षेत्रका स्वास्थ्य चौकीहरुमा दैनिक ७० देखि ८५ जनासम्म बालबालिका तथा वृद्धवृद्धाहरु चिसोबाट बिरामी भइ आउने गरेका छन् ।

 

ती क्षेत्रमा आवश्यक औषधि र स्वास्थ्यकर्मी परिचालन गरी उपचारलाई  तीव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मणप्रसाद घिमिरेले जानकारी दिए । उनले स्वास्थ्यकर्मीलाई बिदा नलिइकन उपचार सेवामा खट्न निर्देशन दिइएको बताए । 

 

थाहा नगरपालिकाले चिसोबाट बच्न विभिन्न बस्तीहरुमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको छ । श्वासप्रश्वास, भाइरल ज्वरोको प्रकोपबाट प्रभावित बिरामीलाई तत्काल उपचार सेवामा सहजीकरण गर्दै औषधि उपलब्ध गराएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology