तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
क्षति विवरण भने आउन बाँकी
Mayorsap
मंगल, पौष २३, २०८१ | ०७:२६ बजे

काठमाडौं । आज बिहान काठमाडौं लगायत आसपासका क्षेत्रमा क्षेत्रमा महसुस भएको भूकम्पको केन्द्रविन्दु तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ रेक्टर स्केलको मापन भएको छ । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले देशभर हल्लाएको छ । भूकम्पको धक्का महसुस भएपछि नागरिकहरू घरबाहिर निस्किएका थिए । भूकम्पबाट क्षति विवरण भने आउन बाँकी छ ।