Ad Image

भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735304017.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।”

आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।