मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

कर्मचारी

इस्मा गाउँपालिका

भजनी नगरपालिका

बिदा

घोडाघोडी नगरपालिका

पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ

Mayorsap

मंगल, पौष २३, २०८१ | ०९:०६ बजे

काठमाडौं । पूर्वराष्ट्रपति र उपराष्ट्रपति दलीय राजनीतिमा फर्किन थालेपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले प्रश्न उठाएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराइले संविधानको मूल मर्म विपरित पूर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउनु सुखद सन्देश नभएको बताएका हुन् ।

‘पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति आ–आफ्नै पूर्व पार्टीमा फर्केर क्रियाशील हुने कुरा उहाँहरू र उहाँहरूको पार्टीको मात्र सरोकारको विषय हैन, यो हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक  प्रणाली र संविधानको मूल अन्तरवस्तुको रक्षा र विकासको विषय हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘साथै उहाँहरू दुवै ‘कम्युनिष्ट’ पृष्ठभूमिबाट आउनु भएकाले  उहाँहरू र उहाँहरूका पूर्व पार्टीहरू परम्परागत रूपमा पार्टी र राज्यलाई एउटै मान्ने एक दलीय प्रणालीका पक्षधर हुन् कि हाम्रै विशेषताको बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अंगिकार गर्ने राजनीतिक शक्ति हुन् भन्ने परीक्षण गर्ने महत्वपूर्ण कसौटी पनि हो, त्यसैले यसवारे सम्बन्धित सबैको गम्भीर ध्यान पुगोस्।’

पछिल्लो समयमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रीय समितिको बैठकमा उपस्थित हुन थालेका छन भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय राजनीतिमा फर्कने चर्चाकाबीचमा भट्टराइको यो टिप्पणी आएको हो ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology