मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

सुत्केरी महिला

अनुगमन

रावा बेसी गाउँपालिका

गौरीगङ्गा नगरपालिका

सूर्यविनायक नगरपालिका १७औँ नगर अधिवेशन

नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै

Mayorsap

मंगल, पौष २३, २०८१ | ०९:१८ बजे

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । गत आइतबारदेखि सुरू भएको  केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रम नसकिएकाले आज पनि जारी रहने भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा हिजो ६४ जना केन्द्रीय सदस्य र ५२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यहरूले आ– आफ्नो धारणा राखेका थिए । आज बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने एमालेले जनाएको छ ।

अध्यक्ष ओलीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अनावश्यक ‘दाउपेच र छलछाम’का कारण कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको तर्क गर्दै मुलुकको राजनीतिक स्थायित्वका लागि २०८४ सम्म गठबन्धन कायम रहने बताएका छन । कांग्रेसको समर्थनमा बनेको सरकारले ६ महिना भित्र उल्लेख्य प्रगति गरेको दावी गर्दै आर्थिक विकासमा लागि परेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन । 

सरकारमा नहुँदा ३.९ प्रतिशतको आर्थिक वृद्धिदरमा सीमित भएको बेला सरकारको नेतृत्वमा आएको दाबी गर्दै ओलीले आफ्नो कार्यकालमा ५.१ प्रतिशतको लक्ष्य चुम्न लागेको दाबी गरेका छन् ।

नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आक्रामक देखिएको ओलीको प्रतिवेदन सत्ता सहयात्री कांग्रेस प्रति भने नरम रूपमा प्रस्तुत भएको देखिएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology