मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बाँफीकोट गाउँपालिका

विश्व सम्पदा

धनगढी उपमहानगरपालिका

धार्चे गाउँपालिका

सूर्यविनायक नगरपालिका १७औँ नगर अधिवेशन

माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने

Mayorsap

मंगल, पौष २३, २०८१ | ०९:२९ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । गत आइतवारेदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि आज पनि जारी हुने भएको हो । बैठक स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा बसिरहेको छ । केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन्, जसमा प्रत्येक केन्द्रीय सदस्यहरूलाई बोल्न ३–३ मिनेटको समय निर्धारण गरिएको छ ।

 

प्रचण्डले जनयुद्धकालमा र संविधान जारी अघि उठाएको ‘आत्म निर्णयको अधिकार र जातीय पहिचानको मुद्दा’ ब्युत्याएर जानु पर्ने पुनः तर्क गरेका छन । गत स्थानीय तहको उपनिर्वाचनबाट उत्साही भएको जनाउँदै अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचन एक्लै होमिने, सत्य निरुपण मेलमिलाप आयोगमा सत्तारूढ दल नेकपा एमालेले असहयोग गरेको, आफ्नो तेस्रो कार्यकालमा भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिदा जनता र पार्टी कार्यकर्तामा उत्साह छाएको जस्तो बिषय समेटेर प्रतिवेदन पेश गरेका छन् । जसमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । बैठकमा उपराष्ट्रपति नन्दकिशोर पुनलाई पुनः पार्टीमा फर्काउने तयारीका बारेमा भने विरोध सुरु भएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology