मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

कावासोती नगरपालिका

फिदिम नगरपालिका

कावासोती नगरपालिका

त्रिशूली

कमल गाउँपालिका

भूकम्पपछिको पुनर्निर्माणका लागि पालिकाको नेतृत्वमा विवरण सङ्कलन

Mayorsap

मंगल, पौष २३, २०८१ | १५:४४ बजे

काठमाडौँ । विसं २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई भूकम्प हुँदा क्षतिग्रस्त निजी आवासको प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापनाको  विस्तृत विवरण सम्बन्धित स्थानीय तहको नेतृत्व स्थानीय तहका प्राविधिकमार्फत सङ्कलन गर्ने निर्णय भएको छ ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक सहयोग, सहजीकरण र समन्वयमा यथाशक्य चाँडो विवरण सङ्कलन सुरु गरिने प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिए ।


जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हालैको बैठकले ‘विपद प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना कार्यविधि, २०८१’ लाई पुस १६ गतेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।


विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मा पश्चिम नेपाल भूकम्प तथा मनसुनजन्य विपद् पुनर्लाभ कार्ययोजनामा छलफल भएको र अर्को बैठकको निर्णयपछि पुनर्निर्माण  तीव्र गतिमा थालिने छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology