मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बडिगाड गाउँपालिका

गुणस्तरहीन दुध

शौचालय

शिक्षक

कर्मचारी

प्राधिकरण सञ्चालक समितिको बैठक निर्णयविहीन

ऊर्जामन्त्री र सचिवहरू अनुपस्थित

Mayorsap

मंगल, पौष २३, २०८१ | १५:२५ बजे

काठमाडौँ । मंगलबार नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठक बसेको छ । प्राधिकरणको वित्तीय विवरण पारित गर्न बसेको बैठकले औपचारिक निर्णय भने केही गर्न सकेन ।


सञ्चालक समितिका अध्यक्ष ऊर्जामन्त्री दीपक खड्का नै आजको बैठकमा उपस्थित नभएपछि बैठक निर्णयविहीन भएको हो । बैठकमा ऊर्जासचिव सुरेश आचार्य र राजस्व सचिव दिनेशकुमार घिमिरे पनि अनुपस्थित रहे ।


यसैगरी निजी क्षेत्रको प्रतिनिधित्व गर्ने भरतराज आचार्य पनि मंगलबारको बैठकमा सहभागी भएनन् ।

 

सञ्चालक समितिका अध्यक्ष, दुई सचिव र निजी क्षेत्रको प्रतिनिधि सहभागी नभए पनि मंगलबार सञ्चालक समितिको बैठक बस्यो । ८ सदस्यीय प्राधिकरण सञ्चालक समिति बैठकमा मंगलबार चार जना मात्रै उपस्थित थिए ।


औपचारिकता नपाए पनि पुसभित्र प्राधिकरणको वित्तीय विवरण पारित गरेर महालेखा परीक्षकको कार्यालयमा पठाउनुपर्ने र कर तिरिसक्नु पर्ने भएकाले बैठक बसेको प्राधिकरण स्रोतले बताएको छ । जसअनुसार उपस्थित सदस्यहरूले वित्तीय विवरणको माइन्युटमा हस्ताक्षर गरेका छन् । बैठकमा सहभागी एक सदस्यका अनुसार ऊर्जामन्त्री खड्का र ऊर्जा सचिवको हस्ताक्षरका लागि माइन्युट मन्त्रालयमै पठाइएको छ ।


प्राधिकरणले सञ्चालक समितिबाट पुसभित्र वित्तीय विवरण पारित गरेर महालेखामा विवरण बुझाउनुपर्छ । उक्त विवरण महालेखाले स्वीकृत गरेपछि प्राधिकरणले कर बुझाउन पाउँछ । पुस मसान्तभित्र कर नतिरे प्राधिकरणले ०।०१ प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था छ । गत आर्थिक वर्षमा प्राधिकरणको मुनाफा १४ अर्ब ८० करोड रुपैयाँ छ । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology