छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत बिल तिरिदिने
Mayorsap
मंगल, पौष २३, २०८१ | २१:१५ बजे
सप्तरी । छिन्नमस्ता गाउँपालिकाले किसानहरूको विद्युत् बिल तिरिदिने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशम कुमार झाले एक विज्ञप्ति जारी गर्दै कृषि कार्यका लागि प्रयोग गर्ने किसानको बिजुलीको बिल तिर्ने जानकारी गराएको हो ।
पालिकाको चालु आवको स्वीकृत कार्यक्रम अनुसार विद्युत् महसुल व्यहोर्ने निर्णय भएको जनाएको छ । पालिका अन्तर्गतको सम्पूर्ण सिँचाइ मिटर प्रयोगकर्ताले २०८१ पुस मसान्तसम्मको सिँचाइ मिटर विद्युत् महसुल किसान स्वंयले तिरी आ–आफ्नो कृषि मिटर २२ माघसम्म गाउँपालिकामा कागजातसहित दर्ता गराउन सूचनामा उल्लेख छ ।