सशस्त्रका चार डीआईजीको पदावधि थप गर्ने मन्त्रिपरिषदको निर्णय
Mayorsap
मंगल, पौष २३, २०८१ | २१:३३ बजे
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) को म्याद थप गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले पुस २३ गते चार वर्षे पदावधि पूरा हुन लागेका डीआईजीहरुको एक वर्ष पदावधि थप गर्ने निर्णय गरेको हो । पद थप गर्ने विषय विवादमा परेको थियो ।
डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल एक वर्ष थपिएको हो । अब यीनै चामध्येबाट एक जनालाई सशस्त्रको आईजीपी बनाइनेछ । तीन वर्षपछि सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्नेगरी आगामी वैशाखमा कमल गिरी र गणेश ठाडा मगरमध्ये एक जना एआईजीमा बढुवा हुनेछन् ।