मेयरसाप

बालेन शाह

अर्थ

कर्मचारी

काठमाडौं महानगरपालिका

सम्पादकीय

महाशिवरात्री

वृक्षरोपण

प्रविधि

चौरपाटी गाउँपालिका

वडा

तिलागुफा नगरपालिका

भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त

Mayorsap

मंगल, पौष २३, २०८१ | २२:४४ बजे

बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा मङ्गलबार आएको विनाशकारी भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको र हजारौँ भवन क्षतिग्रस्त भएको राज्य मिडियाले जनाएको छ । छिमेकी नेपालको राजधानी काठमाडौँ र भारतका केही भागमा पनि कम्पन महसुस गरिएको छ ।

चीनको सरकारी प्रसारणकर्ता सिसिटिभीले सार्वजनिक गरेको भिडियोमा भित्ताहरू चिरा परेपछि घरहरू ध्वस्त भएको देखाइएको छ । फुटेजमा देखाइए अनुसार उद्धारकर्मीहरू भग्नावशेष बीच हिँडेका थिए भने केहीले स्थानीयवासीहरूलाई शून्य डिग्री भन्दा कम तापक्रममा न्यानो राख्न बाक्लो कम्बल दिएका थिए ।

भूकम्प मङ्गलबार बिहान करिब ९ः०० बजे (०१०० जिएमटी) नेपालसँगको सीमा नजिक सर्वोच्च शिखर सगरमाथाको करिब ८० किलोमिटर (५० माइल) उत्तरमा रहेको ग्रामीण र उच्च उचाइको तिङरी काउन्टीमा गएको थियो ।

“यहाँ घरहरू माटोबाट बनेका छन् त्यसैले जब भूकम्प आयो... धेरै घरहरू ढले”, ३४ वर्षीय साङ्जी डाङ्झीले भने । उनको तिङरीको सुपरमार्केटमा ठूलो क्षति भयो । उनले स्थिति ‘धेरै गम्भीर’ भएको बताए । एम्बुलेन्सहरूले दिनभरि मानिसहरूलाई अस्पताल पुर्याइरहेका थिए ।

सिसिटिभीले प्रकाशित गरेको निगरानी तस्बिरहरूमा मानिसहरूलाई पसलको गल्लीहरू मार्फत भागिरहेको देखाइएको छ भने ¥याकहरू जोडले हल्लिए, खेलौना जस्ता वस्तुहरू भुइँमा खसे ।

सिसिटिभीका अनुसार स्थानीय समयानुसार साँझ ७ः०० बजेसम्म कम्तीमा १२६ जनाको मृत्यु पुष्टि भएको र अन्य १८८ जना घाइते भएका छन् ।गम्भीर अवस्थामा रहेका २८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने तीत हजार ६०९ घर भत्किएका छन् ।

चाइना अर्थक्वेक नेटवक्र्स सेन्टर (सिइएनसी) ले भूकम्पको तीव्रता ६.८ मापन गरेको छ भने युएस जियोलोजिकल सर्भेका अनुसार ७।१ म्याग्निच्युड मापन गरिएको छ । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology