मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

सिराहा नगरपालिका

ढकारी गाउँपालिका

भेरी नगरपालिका

शिक्षा

महाङ्काल गाउँपालिका

इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गरिने

Mayorsap

बुध, पौष २४, २०८१ | १८:४१ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई कारबाही गर्ने तयारी गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै निजी, सरकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थालाई इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।

कतिपय गैरसरकारी तथा सामुदायिकस्तरबाट सञ्चालित संस्था नवीकरणविना सञ्चालनमा रहेको उजुरीपछि मन्त्रालयले उक्त परिपत्र गरेको हो । इजाजत नवीकरण नगरेका केही संस्थाहरु मापदण्डअनुसार सञ्चालन नभएको उजुरी मन्त्रालयले प्राप्त गरेको छ ।

जनस्वास्थ्य सेवा नियमावलीमा इजाजतपत्र नलिइ स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने व्यवस्था भए पनि कतिपयले इजाजतपत्र नलिएको उजुरी प्राप्त भएकाले नवीकरणका लागि पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए । “मन्त्रालयले अनुगमन गर्दा इजाजतपत्र नवीकरण नगरी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएमा नियमानुसार कारबाही गरिनेछ”, प्रवक्ता बुढाथोकीले भने। 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology