१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला


विराटनगर । सहकारीको रकम हिनामिना आरोप लागेकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला १० लाख धरौटीमा रिहा भएकी छन् ।
जिल्ला अदालत मोरङमा आज भएको थुनछेक बहसमा न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसलगतै उनले अदालतको आदेश बमोजिम १० लाख धरौटी बुझाइसकेकी छन् ।
मोरङको धनपालथानमा रहेको उमा गौरी कृषि सहकारीमा पूर्वसञ्चालक सदस्य रहेकी अन्जलाविरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएपछि उनी फरार थिइन् । उनी आजै अदालत हाजिर भएकी थिइन् ।
गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना आरोपमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । शिक्षक समेत रहेकी कोइराला मुद्दा दर्तापछि विद्यालयबाट बिदा लिएर फरार भएकी थिइन् ।